अर्थ

    सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको पुग्यो एक लाख ४२ हजार सात सय रूपैयाँ

    नवलपुर टुडे
    २०८१ जेष्ठ २२ | बिहान ११:०२ बजे

      काठमाडौँ, जेठ २२ । नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अघिल्लो दिनको तुलनामा १ हजार ७ सयले बढेर छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

      सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

      यता, चाँदीको मूल्यमा पनि प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ । सोमबार १ हजार ८ सय ३५ प्रतितोला कायम भइ कारोबार भएको चाँदीको मूल्य आज १ हजार ८ सय ६० मा कारोबार भइरहेको छ । 

        कमेन्टहरु