समाचार

    दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प

    नवलपुर टुडे
    २०८१ जेष्ठ २२ | बिहान ११:०२ बजे

      दैलेख, जेठ २२ । दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ । 

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा भूकम्प गएको हो । 

      भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ । दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । 

        कमेन्टहरु