समाचार

    सिटिजन्स बैंकका डेपुटी सीइओ काफ्लेको निधन

    नवलपुर टुडे
    २०८१ जेष्ठ २२ | बिहान ०७:०२ बजे

      काठमाडौ, जेठ २२ । सिटिजन्स बैंकका डेपुटी सीइओ प्रकाश कुमार काफ्लेको हृदयघातका कारण निधन भएको छ । बैंकका एक उच्च अधिकारीले उनको निधनको खबर पुष्टी गरेका छन् ।

      एक कार्यक्रमका लागि उनीसहित बैंकको सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको थियो । काफ्लेको जेठ २० गते आइतबार श्रीलंकामै निधन भएको जनाइएकाे छ ।

      बैंकका एक उच्च अधिकारीका अनुसार उनको पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया अगाडी बढाइएको छ ।

        कमेन्टहरु