समाचार

    चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

    नवलपुर टुडे
    २०८१ जेष्ठ २१ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौ, जेठ २१ । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । मालिगाउँ प्रहरी वृत्तबाट खटिएको टोलीले सोमबार काठमाडौंको कमलपोखरी क्षेत्रबाट थापालाई पक्राउ गरेको हो ।

      आपराधिक विश्वासघात गरेको आरोपमा ‘प्रसाद–२’ निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए ।

      थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।

        कमेन्टहरु