खेलकुद

    साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने

    नवलपुर टुडे
    २०८१ जेष्ठ २१ | मध्यान्ह १२:०२ बजे
    फाइल तस्बिर ।
      काठमाडौं । यसै वर्ष हुने साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले साफ महिला च्याम्पियनसिप नेपालमा गर्ने निर्णय पारित गरेको हो । 

      च्याम्पियनसिपको आगामी संस्करण अक्टोबर १७ देखि ३० गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको यस संस्करणमा दक्षिण एसियाका सात वटै देशको सहभागिता रहने समेत साफले जनाएको छ ।

      यो निर्णयसँगै नेपाल साफ महिला च्याम्पियनसिपको लगातार तीन संस्करण आयोजना गर्ने पहिलो राष्ट्र बन्ने भएको छ । यसअघि नेपालले सन् २०१९ र २०२२ को संस्करण पनि नेपालमै आयोजना गरेको थियो । ती दुवै संस्करणमा नेपाली महिला टिमले फाइनलसम्मको यात्रा तय गरे पनि उपाधि भिडन्तमा पराजित हुँदा उपविजेतामा चित्त बुझाएका थिए ।

      गत संस्करणको सेमिफाइनलमा पराजित गरेर फाइनलसम्मको यात्रा तय गरे पनि बंगलादेशसँग ३–१ ले पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो ।
       

       

        कमेन्टहरु