दुर्घटना

    अर्घाखाँचीमा ट्रकको ठक्करबाट स्कुटर चालक घाइते

    नवलपुर टुडे
    २०८१ जेष्ठ २१ | बिहान ११:०२ बजे

      अर्घाखाँची, जेठ २१ । अर्घाखाँची ट्रक र स्कुटर एक आपसमा ठोक्किँदा एक जना घाइते भएको छ ।

      सन्धिखर्क नगरपालिकाको बसपार्क नजिकै ठाडो उकालो घुम्टिमा लु २ ख १६४९ नम्बरको ट्रक र लु५४ प ४६४७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक घाइते भएको प्रहरीले जनाएको छ ।

      स्कुटर चालक सन्धिखर्क नगरपालिका वडा नम्बर १ बसपार्क बस्ने माधबी भुसाल रहेकी छिन् । उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु