दुर्घटना

    गुल्मीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ५ जना घाइते

    नवलपुर टुडे
    २०८१ जेष्ठ २१ | बिहान १०:०२ बजे

      गुल्मी, जेठ २१ । गुल्मीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् ।

      सोमबार बिहान गुल्मीको भार्सेबाट बुटवलका लागि छुटेको ग २ च ३२६२ नम्बरको डबल क्याप जिप कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाटको ओकेङमा दुर्घटना भएको हो ।

      दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि पाल्पा पठाइएको पुर्तिघाट प्रहरीले जनाएको छ । जीपमा ७ जना सवार रहेको प्रारम्भिक विवरणमा बताइएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

        कमेन्टहरु