दुर्घटना

    चितवनमा सफारी जीप दुर्घटना हुँदा ६ पर्यटक घाइते

    रासस
    २०८१ जेष्ठ २० | मध्यान्ह ०७:०२ बजे

      चितवन । पर्यटक बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । खैरहनी नगरपालिका–१२, दराई तालनजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जीप दुर्घटना भएको हो ।

      जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, ना४च ८८५५ नम्बरको सफारी जीप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते सबै भारतको मुम्बई, बेन्डाली थानाका बासिन्दा हुन् ।

      घाइते हुनेमा ५२ वर्षीया सुस्मिता सुदेश खाडिया, ७४ वर्षीय रेखारामचन्द्र जादव, ६० वर्षीय सुदेशशंकर खाडिया, ६४ वर्षीय विजय मोरे, ५८ वर्षीया वैशाली गुप्तेश्वर र ६२ वर्षीय पंकज गुप्तेश्वर छन् । रत्ननगर र भरतपुरका अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

      चालक चितवनकै रत्ननगर नगरपालिका–४ का ४५ वर्षीय सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

        कमेन्टहरु