घटना

    कावासोतीमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु

    नवलपुर टुडे
    २०८१ जेष्ठ २० | मध्यान्ह ०५:०२ बजे

      नवलपुर, जेठ २० । नवलपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कावासोती नगरपालिका – १६ चालिस किलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर बाँके नरेनापुर गाउँपालिका – ४ घर भई रोयल कन्डक्सन कम्पनी प्रा.लि.काठमाण्डौमा कार्यरत रहेका २४ वर्षीय कुलदिप गुरुङको मृत्यु भएको हो ।

      आइतबार दिउँसो करिब ४:१० बजेतिर काम गर्ने क्रममा गुरुङलाई करेन्ट लागेको थियो । उनलाई तत्काल उद्धार गरी उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पुर्‍याएकोमा ४:४० बजे डाक्टरले मृत घोषणा गरेको नवलपुर प्रहरीले जनाएको छ । घटनास्थल अस्थायी प्रहरी पोष्ट डण्डाबाट ५ कि.मि.पश्चिम र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट ६ कि.मि.पश्चिमको दुरीमा पर्छ ।

        कमेन्टहरु