समाचार

    रुपन्देहीको देवदहमा घरमाथि रुख ढलेर च्यापिदा श्रीमानको मृत्यु, श्रीमती घाइते

    नवलपुर टुडे
    २०८१ जेष्ठ २० | मध्यान्ह १२:०२ बजे

      बुटवल, जेठ २० । रुपन्देहीको देवदहमा हावाहुरीले रुख ढलेर च्यापिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका – १० का ७१ वर्षीय मिन बहादुर दमाई रहेका छन् ।

      शनिबार बेलुका ८ बजेको समयमा खाना खाइरहेको बेला सुकेको रुख घरमाथी ढेलेर च्यापिदा दमाईको घटनास्थलमै ज्यान गएको हो । उक्त घटनामा मृतक मिन बहादुरका ५१ वर्षीय श्रीमती लिला कुमारी कामी घाइते भएकी छन् ।

      उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु