नेपाल प्रहरीका चार जना डीएसपी एसपीमा बढुवा सिफारिस

नवलपुर टुडे
२०८१ जेष्ठ १९ | बिहान ०८:०२ बजे

काठमाडौँ । नेपाल प्रहरीमा जनपद तर्फका चार जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ
गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शुक्रबार राति चार डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।
सिफारिसको पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री रहेका छन् । यसअघिको बढुवा सिफारिसमा वरीयतामा अगाडी रहे पनि उनी छुटेका थिए । बढुवा सिफारिसमा पर्ने अन्यमा नारायण रंजितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।






