समाचार

    सिरहामा चट्याङ लागेर श्रीमतीको घटनास्थलमै मृत्यु, श्रीमान घाइते

    नवलपुर टुडे
    २०८१ जेष्ठ १८ | बिहान ११:०२ बजे

      सिरहा, जेठ १८ । सिरहा चट्याङ लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

      लहान नगरपालिका – १८ शोभापुर गाउँकी ४१ वर्षीया हसिरन खातुनको बिहीबार साँझ करिब साढे पाँच बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । उनका श्रीमान ४५ वर्षीय मो फर्मुद घाइते भएका छन् । 

      लहान १८ शोभापुर र १४ बस्तीपुरको सीमामा पर्ने खुट्टी खोलामा गिट्टी चाल्दै गरेको अवस्थामा उक्त दम्पतीमाथि चट्याङ परेको हो । घाइते फर्मुदको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचार भइरहेको छ । मृतक खातुनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु