राजनीति

    प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

    नवलपुर टुडे
    २०८१ जेष्ठ १७ | मध्यान्ह १२:०२ बजे

      काठमाडौं, जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ ।

      प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री खनाल आज बिहान नौ बजे बालुवाटार पुगेका थिए ।

      भेटमा समसामयिक राजनीति, संघीय सरकार, प्रदेश सरकार र वाम एकताका विषयमा छलफल भएको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । सरकारलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले बताए । रासस

       

        कमेन्टहरु