देश

    नेपाल प्रहरीका तीन डीआईजीहरूको सरुवा र चारजनाको पदस्थापन

    नवलपुर टुडे
    २०८१ जेष्ठ १७ | बिहान ०६:०२ बजे

      काठमाडौं । नेपाल प्रहरीका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा र चारजनाको पदस्थापन भएको छ । गृह मन्त्रालयले डीआईजीहरूको सरुवा र पदस्थापनको निर्णय गरेको हो । 

      रामदत्त जोशी, लालमणि आचार्य र अर्जुनचन्द ठकुरीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

      3-1717029149.jpg
       

      नवनियुक्त चारजना डीआईजीलाई पदस्थापन गरिएको छ ।  कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई पदस्थापन गरिएको कार्यालयले जनाएको छ ।

      4-1717029171.jpg
       

        कमेन्टहरु