गण्डकी प्रदेश

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र दुई मन्त्रीले लिए शपथ

    नवलपुर टुडे
    २०८१ जेष्ठ १६ | मध्यान्ह ०५:०२ बजे

      पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

      photo 2024 05 29 17 40 04

      पाण्डेसँगै दुई मन्त्रीले पनि  शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । 

      गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।

        कमेन्टहरु