दुर्घटना

    कैलालीमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाईते

    नवलपुर टुडे
    २०८१ जेष्ठ १६ | मध्यान्ह ०४:०२ बजे

      धनगढी, जेठ १६ । कैलालीमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका–७ चर्रामा मंगलबार राती से.१ ख १७२७ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

      मिनि ट्रक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्रकमा सवार धनगढी उपमहानगरपालिकाका ५५ वर्षिय जुगराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा ३ जना घाईते भएका छन् ।

      घाइते ३ जना मध्ये १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भजनी र २ जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

        कमेन्टहरु