समाचार

    मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकको रुपमा खटाइयो

    नवलपुर टुडे
    २०८१ जेष्ठ १६ | मध्यान्ह ०१:०२ बजे

      काठमाडौं, जेठ १६ । मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकको रुपमा खटाएइकाे छ ।

      काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाइएको हाे । 

      आजदेखि सिंहदरबार सडकआसपास क्षेत्रमा स्वयंसेवक खटिएका छन् । गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थिए ।

        कमेन्टहरु