देश

    सहकारीको बचत अपचलन प्रकरण: संसदीय छानबिन विशेष समिति’ गठन

    नवलपुर टुडे
    २०८१ जेष्ठ १५ | मध्यान्ह ०६:०२ बजे

      काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गरिएको छ । सभामुख देवराज घिमिरेले मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, ०७९ को नियम १८० बमोजिम संसदीय छानबिन विशेष समित गठन गरिएको जानकारी दिए ।

      समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समिति’ रहेको छ । समितिमा एमालेका सांसद सूर्यबहादुर थापा सभापति रहेको घिमिरेले जानकारी दिए । 

      समितिमा एमालेबाट सरिता भुसाल सदस्य छिन् । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल छन् । राप्रपाबाट धुव्रबहादुर प्रधान छन् ।
       

        कमेन्टहरु