देश

    काठमाडौं र बुटवलमा आईटी पार्क निर्माण गरिने

    नवलपुर टुडे
    २०८१ जेष्ठ १५ | मध्यान्ह ०४:०२ बजे

      काठमाडौं । काठमाडौं उपत्यका र बुटवलका सरकारी तथा नीजि भवन उपयोग गरी आईटी पार्क स्थान निर्माण गरिने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आईटी पार्कको लागि काठमाडौं र बुटवलका सरकारी तथा नीजि भवन उपोग गरिने घोषण गरेका हुन् ।

      पार्कमा ‘वर्क स्टेशन’ सञ्चालन गर्न निःशुल्क स्थानसमेत उपलब्ध गराइने उनले बताए । अर्थमन्त्री पुनले भने, ‘उपलब्ध सकारी तथा नीजि भवन उपयोग गरि उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतका पूर्वाधारहरुको विकास गरी सूचना प्रविधि पार्कको काम अगाडि बढाइने छ ।

      आईटी पार्कमा तीन वर्षसम्मका लागि ‘वर्क स्टेशन’ सञ्चालन गर्न निःशुल्क स्थान प्रदान गरिने छ ।’

        कमेन्टहरु