मुख्य समाचार

    सिरोहियालाई उपचारका लागि काठमाडौं लैजाने तयारी

    नवलपुर टुडे
    २०८१ जेष्ठ १५ | मध्यान्ह ०२:०२ बजे

      जनकपुरधाम, जेठ १५ । नागरिकता किर्ते प्रकरणमा एक सातादेखि धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं लैजाने तयारी गरिएको छ । 

      हिरासतमा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष सिरोहियालाई उपचारका लागि जनकपुरको काब्या अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी गरिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले बताए ।

      सिरोहियालाई काठमाडौँ लैजानका लागि आवश्यक पत्र तयारी भइरहेको र केही समयमा काठमाडौँ लगिनेने जनाएको छ ।

        कमेन्टहरु