मुस्ताङका डिएसपी पाण्डे सम्मानित


काठमाडौ, जेठ १५ । उत्कृष्ट कार्यसम्पादन गरेवापत मुस्ताङका प्रहरी प्रमुख प्रनाउ भोजराज पाण्डेयसहित ३ जना प्रहरी अधिकृत पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई पुरस्कृत गर्ने क्रममा प्रनाउ पाण्डेय सहित ३ जना प्रहरी अधिकृतहरुलाई आज गणतन्त्र दिवासको अबसरमा आयोजित समारोहका बिच माननीय गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणपत्रसहित सम्मान गर्नु भएको हो ।
बिपद ब्यबस्थापन र शान्ती सुरक्षा ब्यबस्थापनमा उत्कृष्ट कार्य गरे बापत सुरक्षा निकाय अन्तरगत गण्डकी प्रदेशले छैटो वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो स्थापना दिवसको अवसरमा घोषणा गरेको पुरस्कार आज मंगलबार आयोजित कार्यक्रममा मुस्ताङका प्रनाउ पाण्डेयसहित तत्काल पोखरास्थित तालिम केन्द्रमा कार्यरत प्रबउ अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापा नगद पुरस्कारसहित सम्मानित भएका हुन् ।

उत्तरी चिनसंग सीमाना जोडिएको हिमाली जिल्ला मुस्ताङमा विगत ८ महिनादेखि पुरस्कृत व्यक्तित्व प्रनाउ पाण्डे कार्यरत रहदै आईरहेका छन् । धार्मिक तथा पर्यटकीय जिल्लामा प्रहरी प्रमुखको भूमिकामा रही पर्यटक तथा स्थानीय नागरिकको शान्ति सुरक्षा तथा समाजमा हुने बिकृति बिसंगति न्यूनीकरण गर्न टोलटोलमा सचेतना कार्यक्रम संचालन गर्दै अहोरात्र खटिदै उत्कृष्ट योगदान पुर्याए वापत प्रनाउ पाण्डेयलाई गण्डकी प्रदेश सरकारले उच्च सम्मान गरेको हो ।
गुल्मी रेसुङगा तमघासका स्थायी बासिन्दा प्रनाउ पाण्डेयले जिल्लाका नागरिकलाई विभिन्न सामाजिक अपराध, लैङ्गिक हिंसा, लागुऔषध र साईबर अपराध सम्वन्धि दर्जनौ सचेतना मुलक कार्यक्रम गर्दैआईरहेका छन् । उनले सीमानाकामा हुँने चोरी सिकारी, अपराध नियन्त्रण र अवैध क्रियाकलाप नियन्त्रणमा उत्कृष्ट कार्य गदै आईरहेका छन् ।

साहित्य तथा गीत लेखनमा समेत रुचि राख्ने प्रनाउ पाण्डेयको मुस्ताङ बसाइको ८ महिनामा मुस्ताङको पर्यटन विकासमा टेवा पुर्याउने उद्धेश्यले करिब आधा दर्जन बढि लेख नेपालका स्थापित पत्रिका तथा अनलाइनहरुमा प्रकाशित भएका छन ।






