मौसम

    नेपालमा ‘रेमल’ चक्रवातको प्रभाव कायमै, यी प्रदेशमा वर्षा

    नवलपुर टुडे
    २०८१ जेष्ठ १५ | बिहान ०६:०२ बजे

      काठमाडौँ । नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ।

      बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा  चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

      कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

      भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

        कमेन्टहरु