दुर्घटना

    चितवनको सत्रकिलोमा भएको सवारी दुर्घटनाका घाइतेहरुको पहिचान खुल्यो

    नवलपुर टुडे
    २०८१ जेष्ठ १४ | बिहान ०८:०२ बजे

      चितवन, जेठ १४ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवन भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गएराति भएको दुर्घटनामा घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु भएका अन्दाजी १७ वर्षीय किशोरको भने अझै पहिचान खुलेको छैन ।

      गएराति साढे १२ बजेतिर पाँच वटा सवारी साधन एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । घाइतेहरुमा पाँच जनाको अवस्था गम्भिर, १३ जना मध्यम र तीन जनाको अवस्था सामान्य रहेको छ ।

      सामान्य घाइते भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-५ का २६ वर्षीय सुवास कार्की डिस्चार्ज भइसकेका छन् । उनी जिप्रका चितवनको नियन्त्रणमा छन् ।

      चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरुको विवरण
      १. प्युठान नौबैईनी गापा–७ बस्ने बर्ष २८ को सुधन केसी (मध्यम)
      २. प्युठान प्युठान नपा–१० बस्ने बर्ष ३६ को निरज केसी (मध्यम)
      ३. प्युठान मलारानी गापा–२ बस्ने बर्ष ३६ की निर्मला भुषाल (गम्भिर)
      ४. प्युठान गौमुखी गापा–७ बस्ने बर्ष २५ को सुरज सुनार (मध्यम) प्रहरी जवान भन्ने बुझिएको
      ५. अर्घखांची सितगंगा नपा–८ बस्ने बर्ष २९ की पबित्रा दर्लामी (सामान्य)
      ६. प्युठान झिम्रुम नपा–७ बस्ने बस्ने बर्ष २८ को पुरन गिरि (मध्यम)
      ७. प्युठान प्युठान नपा–८ बस्ने बर्ष २० को समिर केएम (मध्यम)
      ८. प्युठान सारुमहारानी गापा–४ बस्ने बर्ष ३६ को तारापती बुढाथोकी (मध्यम)
      ९. प्युठान सारुमहारानी गापा–४ बस्ने बर्ष ३५ की मुनादेवि बुढाथोकी (मध्यम)
      १०. प्युठान एरावती गापा–६ बस्ने बर्ष ५६ की मनदेवि थापा (गम्भिर)
      ११. प्युठान बस्ने बर्ष ६० को पदम थापा (सामान्य)
      १२. प्युठान नपा–१० बस्ने बर्ष २१ को सुशिल केसी (मध्यम)
      १३. प्युठान नपा–४ बस्ने बर्ष बर्ष १७ की प्रतिभा भण्डारी (मध्यम)
      १४. प्युठान नपा–८ बस्ने बर्ष १८ की सलिसा थापा (मध्यम)
      १५. प्युठान नपा–१ बस्ने बर्ष ३८ को प्रकास केसी (मध्यम)
      १६. प्युठान नपा–८ बस्ने बर्ष ५३ की पार्वता केसी (मध्यम)
      १७. प्युठान नेबईनी गापा–३ बस्ने बर्ष ३२ को गौरव झाक्री अबस्था (गम्भिर)
      १८. प्युठान गौमुखि गापा–३ बस्ने बर्ष २९ को दिपक सुनार (सामान्य)
      १९. अर्घाखाँची सितगंगा नपा–८ बस्ने बर्ष ४९ लाम बहादुर दर्लामी (मध्यम)
      २०. प्युठान नपा–८ बस्ने बर्ष २५ को सन्तोष केसी (गम्भिर)
      २१. ट्रक सहचालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चे बस्ने बर्ष २१ को राजन सुबेदी (गम्भिर)

        कमेन्टहरु