राजनीति

    संघीय संसद्अन्तर्गत दुइवटा संसदीय समितिको बैठक बस्दै

    नवलपुर टुडे
    २०८१ जेष्ठ १४ | बिहान ०६:०२ बजे

      काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुइवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो । 

      शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । 

      बिहान साढे ११ बजे बस्ने बैठकमा छलफलको कार्यसूची विविध पनि रहेको छ । 

      महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा एसिड आक्रमणपीडितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  
       

        कमेन्टहरु