प्रतिपक्षीको अवरोधकाबिच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

नवलपुर टुडे
२०८१ जेष्ठ १३ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं, जेठ १३ । प्रतिनिधि सभाले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
काँग्रेसका सांसदले विरोध गरिरहेकै बेला अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरेका थिए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति कार्यक्रमाथिको छलफलको प्रस्ताव पेस गरेका थिए ।
संसदमा सत्तापक्ष दलका सांसदहरुको बहुमत भएकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम पारित भएपछि सभामुख देवराज घिमिरेले दुवै सदनको संयुक्त बैठक यही जेठ १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेका छन् ।





