दुर्घटना

    नारायणगढ–मुग्लिन सडक खण्डमा एक्स्काभेटरमाथि ढुंगा खस्यो, अपरेटरको उद्धार जारी

    नवलपुर टुडे
    २०८१ जेष्ठ १३ | बिहान १०:०२ बजे

      चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजारनजिक तुइन खोलाआडमा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको छ ।

      आइतबार बिहान नौ बजेतिर भएको उक्त घटनापछि उद्धार कार्य जारी रहेको र एक्स्काभेटरभित्र अपरेटर पनि रहेको र उनको उद्धार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

      ‘सडकमा काम गदै गर्दा माथिबाट ढुंगा खसेर मेसिनमा क्षति पुर्‍याएको र अपरेटरको उद्धार भइरहेको भन्ने प्रारम्भिक जानकारी छ । विस्तृत विवरण आइपुगेको छैन,’ डीएसपी रिजालले भने ।

      भरतपुरको डिभिजन सडक कार्यालयलले घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको जनाएको छ ।

        कमेन्टहरु