अपराध

    पर्सामा चक्कु प्रहार गरि एक जनाको हत्या

    नवलपुर टुडे
    २०८१ जेष्ठ १२ | मध्यान्ह ०५:०२ बजे

      काठमाडौं, जेठ १२ । पर्सामा चक्कु प्रहारबाट एक पुरुषको हत्या भएको छ ।

      शुक्रबार साँझ प्रसौनी गाउँपालिका–४ प्रसौनी टोलका २२ वर्षीय सुवास हजारा दुसादले आफ्ना छिमेकी ५० वर्षीय ललाई हजारा दुसादमाथि चक्कु प्रहार गरेको थियो ।

      चक्कु प्रहारबाट गम्भीर घाइते भएका ललाईको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

      आरोपितलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको छ ।

        कमेन्टहरु