समाचार

    दाङमा करेन्ट लागेर एक महिलाको मृत्यु

    नवलपुर टुडे
    २०८१ जेष्ठ १२ | मध्यान्ह ०५:०२ बजे

      दाङ, जेठ १२ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ बेलुवाका ४५ वर्षीया जगन्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

      प्रहरीका अनुसार शुक्रबार राति आफ्नै घरको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

      घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु