लुम्बिनी प्रदेश

    तिनाउको जंगलमा भेटिएको वेवारिसे शवको अझैसम्म भएन हुलिया पहिचान

    असिम कामु
    २०८१ जेष्ठ १२ | मध्यान्ह ०४:०२ बजे

      पाल्पा, जेठ १२ । पाल्पाकाे तिनाउ गाउँपालिका वडा नं. २ दोभानस्थित गणेश सामुदायिक जंगलमा भेटिएकाे वेवारिसे शवको हुलिया पहिचान हुन सकेकाे छैन ।

      शुक्रबार बिहान अन्दाजी ०७:४५ बजेको समयमा नामथर वतन नखुलेको पुरुष व्यक्तिको जस्तो देखिने सडिगली हड्डी र खप्परको भाग मात्र रहेको शव फेला परेको र हालसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

      प्रहरीका अनुसार कम्मरदेखि माथिको भागमा कालो रङको टि-सर्ट, कम्ब्याड गन्जी, खरानी रङ्गको हाईनेक लगाएको र सोही स्थान नजिकै कम्मरदेखि तलको भागमा ARMAN लेखेको कालो/निलो रङ्गको जिन्स पाइन्ट लगाएको सम्पूर्ण भाग सडिगली हड्डी र खप्परको भाग मात्र रहेको अवस्थामा शव फेला परेको थियो ।

      शवको पहिचान हुन नसकेकाले प्रहरीले हुलिया सार्वजनिक गर्दै कोही कसैले पहिचान गर्नुभएमा जिल्ला प्रहरी कार्यालय पाल्पामा जानकारी गराउनुहुन अनुरोध गरेको छ ।

        कमेन्टहरु