समाचार

    तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु

    नवलपुर टुडे
    २०८१ जेष्ठ १२ | मध्यान्ह ०४:०२ बजे

      रुपन्देही, जेठ १२ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ हरियाली पार्कस्थित तिनाउ खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।

      शनिबार बिहान साढे ८ बजेतिर साथीहरुसँग नुहाउन भनेर गएका तिलोत्तमा–५ नयाँमिल बस्ने नारायण भुषालका छोरा १७ वर्षीय दिब्याम्सको खोलामा डुबेर मृत्यु भएको हो ।

      नुहाउने क्रममा दिब्याम्स खोलामा डुबेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दिपेन्द्र बानियाँको नेतृत्वमा खटिएको टोलीले दिब्याम्सलाई खोलामा मृत अवस्थामा फेला पारेको थियो ।

        कमेन्टहरु