दुर्घटना

    रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

    नवलपुर टुडे
    २०८१ जेष्ठ १२ | मध्यान्ह ०४:०२ बजे

      तिलोत्तमा नगरपालिका-६ का २४ वर्षीय विवेक डुम्रेले चलाएको लु ३१ प १६४२ नम्बरको मोटरसाइकल शुक्रबार राती बुटवल–भैरहवा ६ लेन सडकको ड्राइभरटोलमा दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका डुम्रेको उपचारकै क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

      गएराती नै बुटवल उपमहानगरपालिका-२ जितगढीमा मोटरसाइकल दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको छ। प्रदेश नं. ३–२००२ प २०३६ नम्बरको मोटरसाइकल पल्टिदा चालक सैनामैना नगरपालिका-४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

      दुर्घटनामा गम्भीर घाइते भएका अर्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको हो।

        कमेन्टहरु