दुर्घटना

    तिलोत्तमाको ड्राईभरटोलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु

    नवलपुर टुडे
    २०८१ जेष्ठ १२ | बिहान ११:०२ बजे

      बुटवल, जेठ १२ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ ड्राईभरटोलमा गएराती मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका वडा नं ६ निवासी २४ बर्षिय बिवेक डुम्रे रहेको प्रहरीले जनाएको छ । डुम्रेले चलाएको लु ३१ प १६४२ नम्बरको मोटरसाईकल गएराती १०ः३० बजे अनियन्त्रीत भई पल्टिँदा उनी गम्भिर घाईते भएका थिए ।

      गम्भिर घाईते भएका उनको उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु