दुर्घटना

    बुटवलको जितगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    नवलपुर टुडे
    २०८१ जेष्ठ १२ | बिहान ११:०२ बजे

      बुटवल, जेठ १२ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं २ जितगढीमा गएराती मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका वडा नं ४ बस्ने ४२ बर्षिय गोबिन्द अर्याल छन् ।

      प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं ३ – २००२ प २०३६ नम्बरको मोटरसाईकल राती १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो । मोटरसाईकल पल्टिँदा गम्भिर घाईते भएका उनलाई उद्धार गरि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल लगिएको थियो ।

      त्यहाँ राती पौने १ बजे उपचारको क्रममा उनको मृत्यृ भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु