दुर्घटना

    नवलपुरको गैंडाकोटमा बोलेरोको ठक्करबाट साइकल यात्री घाइते

    नवलपुर टुडे
    २०८१ जेष्ठ ११ | मध्यान्ह ०६:०२ बजे
    फाइल तस्बिर

      नवलपुर, जेठ ११ । नवलपुरको गैंडाकोटमा बोलेरोको ठक्करबाट एक जना साइकल यात्री घाइते भएका छन् ।

      शुक्रबार दिउँसो साढे ४ बजेतिर चोरमाराबाट हेटौडातर्फ जाँदै गरेको लु ३ च ५२७१ नम्बरको बोलेरोले गैंडाकोट नगरपालिका वडा नं १६ स्थित सोह्र नम्बर चोकमा बोलेरोले साइकललाई बाटो क्रश गर्दै गरेको साईकललाई ठक्कर दिएको हो ।

      ठक्करबाट साइकल यात्री गैंडाकोट नगरपालिका – १६ बस्ने बर्ष २० को प्रवेश शर्मा घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । शर्माको दाहिने कानको पछाडिको भागमा चोट लागेको छ ।

      नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

        कमेन्टहरु