देश

    प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष दलको बैठक सुरू

    नवलपुर टुडे
    २०८१ जेष्ठ ११ | मध्यान्ह ०५:०२ बजे

      काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ ।

      बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, रमेश लेखक सहभागी छन् ।  

      सहकारीको बचत रकम अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न गठित कार्यदलमा आएका प्रस्तावबारे छलफल गर्न लागिएको बताइएको छ । प्रतिपक्ष नेपाली कांग्रेस समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने अडानमा छ ।

      सत्तापक्ष रविको नाम किटान गर्न नहुने अडानमा छ । दुवै पक्षको आ–आफ्नो अडानका कारण सदनको गतिरोध अन्त्य हुन सकेको छैन । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका विषयमा पनि बैठकमा  छलफल हुन लागेको बुझिएको छ ।

        कमेन्टहरु