समाचार

    पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीनजनाको उद्धार

    रासस
    २०८१ जेष्ठ ११ | बिहान १०:०२ बजे

      इलाम, जेठ ११ । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा माई–८ का  ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ ।

      लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको एसपी ढकालले जानकारी दिए ।

        कमेन्टहरु