दुर्घटना

    चितवनको पाइमाराङमा जेसीवी दुर्घटना हुँदा चालकको मृत्यु

    नवलपुर टुडे
    २०८१ जेष्ठ १० | मध्यान्ह ०८:०२ बजे

      चितवन, जेठ १० । चितवनको कालिका नगरपालिका वडा नं १० पाइमाराङमा जेसीवी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

      बिहीबार इच्छाकामनाको काउलेबाट कालिकाको सिद्धितर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१ क २५८ नम्बरको जेसीवी पाइमाराङमा दुर्घटना हुँदा चालक खैरहनी नगरपालिका वडा नं १० निवासी ३६ बर्षीय कृष्ण थापाको मृत्यु भएको हो ।

      उनको घटनास्थलमै मृत्यु भएको हो । पाइमाराङको घुमाउरो ठाउँबाट जेसीवी ३०० मिटर तल खसेको चितवन प्रहरीले जानकारी दिएको छ ।

        कमेन्टहरु