अपराध

    नवलपुरको देवचुलीबाट साढे ७ किलो गाँजासहित १ जना पक्राउ

    नवलपुर टुडे
    २०८१ जेष्ठ १० | मध्यान्ह ०२:०२ बजे

      नवलपुर, जेठ १० । नवलपुरमा साढे ७ किलो गाँजासहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान देवचुली नगरपालिका – १७ पिप्रहरबाट ३८ बर्षीय कुलबहादुर खोजबरलाई उनकै घरबाट साढे ७ किलो लागुऔषध गाँजासहित पक्राउ गरेको हो ।

      विशेष सुचनाको आधारमा उनको घर खाँनतलासी गर्ने क्रममा उक्त परिमाणमा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

      इलाका प्रहरी कार्यालय रहजरको सहयोगमा पक्राउ गरिएका खोजबारलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु