दुर्घटना

    कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना गम्भीर घाइते, उद्धारका लागि हेलिकप्टरको पर्खाइमा

    नवलपुर टुडे
    २०८१ जेष्ठ १० | मध्यान्ह ०२:०२ बजे

      कालिकोट, जेठ १० । कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

      बिहीबार बिहान करिब ९ बजेर ३५ मिनेट जाँदा सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको जिप सोही गाउँपालिका वडा नं ६ गबिरा स्थित हाउडी खोलामा अनियन्त्रित भई दुर्घटना भएको हो ।

      दुर्घटनामा घाइते हुनेमा शुभकालिका गाउँपालिका वडा नं ६ की १८ वर्षीया पुजा शाही, २३ वर्षीय विजय शाही, २६ वर्षीय देवदत्त आचार्य, ५४ वर्षीय तिर्थ बहादुर खत्री, ३२ वर्षीय ऐन बहादुर खत्री रहेका छन् ।

      यस्तै शुभकालिका गाउँपालिका वडा नं ५ का अन्दाजी ५० वर्षीया तिउली शाही र चालक २७ वर्षीय देवेन्द्र चौलागाईं घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर पोशाक थापाले जानकारी दिए ।

      दुर्घटनाका घाइतेलाई सुख्खातीया स्थित सामुदायिक विद्यालयमा राखेर प्राथमिक उपचार भइरहेको छ । उनीहरु हेलिकप्टरको पर्खाइमा छन् । घाइतेहरुको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ ।

      प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सुत्केरीको उद्धार जस्तो सजिलो नभएको र हेलिकप्टर आउने कुरा निश्चित नभएको समेत बताएका छन् ।

        कमेन्टहरु