राजनीति

    टीओआरबारे समितिको बैठक बस्दै, सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई कांग्रेसको आग्रह

    नवलपुर टुडे
    २०८१ जेष्ठ १० | बिहान ०६:०२ बजे

      काठमाडौं । सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न आज बैठक बस्दै छ ।

      कार्यादेश टुंगो लगाउन गठित समितिका सदस्य जीवन परियारका अनुसार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।

      सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ । कांग्रेस लामिछानेको नामै तोकेर छानबिन हुनुपर्ने बताउँदै आएको छ ।

      दुवै पक्षको अडानका कारण पछिल्लो समय निरन्तर संसद् अवरुद्ध हुँदै आएको छ ।  प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलिका लागि बोलाइएको छ । 
       

        कमेन्टहरु