देश

    मानव बस्तीमा पसेको बाघ मेघौलीबाट नियन्त्रणमा

    नवलपुर टुडे
    २०८१ जेष्ठ ८ | मध्यान्ह ०८:०२ बजे

      भरतपुर जेठ ८ । चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीमा निस्किएर घरपालुवा जनावरलाई आक्रमण गर्न लागेको बाघलाई मङ्गलबार नियन्त्रणमा लिइएको छ । पश्चिम चितवनको मेघौली क्षेत्रबाट नियन्त्रणमा लिइएको बाघलाई अहिले कसरास्थित खोरमा राखिएको छ ।

      निकुञ्जका पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार नियन्त्रणमा लिइएको बाघ साढे दुई वर्षको हो । बाघलाई डार्ट गरी नियन्त्रणमा लिइएको हो । समस्याग्रस्त बाघको संरक्षणमा समस्या भइरहेका बेला निकुञ्जले पुनः बाघ नियन्त्रणमा लिएको हो । खोरमा थुनिएको बाघ भटाभट मरिरहेका बेला अहिले बाघ नियन्त्रणमा लिन परेको हो ।

      डा.श्रेष्ठले आमाबाट छुट्टिने बेलामा ठुला जनावर आक्रमण गर्न नसक्दा सो बाघ मानव बस्तीमा आएर दुःख दिन लागेको बताउनुभयो । उसको अवस्था हेरी अध्ययनपछि मात्रै उसलाई पुनः जङ्गलमा छाड्ने नछाड्ने निर्णय हुने पनि उहाँले बताउनुभयो । करिब एक वर्ष यता चितवन र पर्सामा गरी ४ वटा थुनिएका बाघ मरेका छन् ।

      अहिले चिडियाखानासहित चितवन, बर्दियामा गरी अहिलेको सहित १५ वटा बाघ थुनेर पालिएको छ ।

        कमेन्टहरु