समाचार

    काठमाडौंको थलीमा एक पुरुषको शव फेला

    नवलपुर टुडे
    २०८१ जेष्ठ ८ | बिहान ०८:०२ बजे

      काठमाडौं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा एक जना पुरुषको शव फेला परेको छ ।

      बिहान साढे पाँच बजे थलीबाट साँखुतर्फ जाने उकालोमा करिब ५५ वर्षका पुरुषको शव फेला परेको थली प्रहरीले जानकारी दिएको छ ।

      प्रहरीका अनुसार शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ । शवको मुख कपडाले ढाकिएको अवस्थामा फेला परेको थियो । घटनास्थलमा दुईवटा ब्लेड र भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ ।

      घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु