देश

    प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    नवलपुर टुडे
    २०८१ जेष्ठ ७ | मध्यान्ह ०२:०२ बजे

      काठमाडौँ, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत प्राप्त गरेका हुन् ।

      सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली  २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

      प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत परेको छ ।

        कमेन्टहरु