देश

    प्रतिनिधिसभा बैठक सर्‍यो

    नवलपुर टुडे
    २०८१ जेष्ठ ६ | मध्यान्ह ०४:०२ बजे

      काठमाडौं, जेठ ६ । प्रतिनिधिसभा बैठक फेरि सारिएको छ । बिहान ११ बजेको बैठक २ बजेलाई सारिएकोमा विशेष कारण देखाउँदै पुनस् साढे ४ बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसकेकाले सदन अन्योल भएको हो ।

      प्रमुख विपक्षी नेपाली कांग्रेसले रवि लामिछाने संलग्न गोरखा मिडिया ग्रुप र त्यसमा लगानी भएको रकम निकालिएका सहकारीको बारेमा संसदीय छानबिन आवश्यक भएको भन्दै त्यसबाहेक अरुमा सहमति हुन नसक्ने अडान लिएको छ । कानून मन्त्रालयमा दिनभर भएको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशमा यही विषय राख्नेमा कुरा नमिलेको हो ।

      कांग्रेसले गृहमन्त्रीलाई मातहत निकायले अनुसन्धान र बयान गराउन नसक्ने भएकैले संसदीय छानबिन आवश्यक रहेको प्रष्ट पारेको छ । सत्ता पक्ष भने सहकारीको नाम उल्लेख गरेपनि रविको नाम उल्लेख गरेर कार्यादेश नबन्ने अडानमा छन् ।

        कमेन्टहरु