बिश्व

    अफगानिस्तानका मध्य क्षेत्रमा बाढी, ५० जनाको मृत्यु

    नवलपुर टुडे
    २०८१ जेष्ठ ६ | मध्यान्ह ०१:०२ बजे
    तस्बिर : बीबीसी।

      काबुल । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षाको कारणले बाढी आएको छ । भारी वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिस बेपत्ता भएका अधिकारीहरुले बताएका छन् ।

      बाढीका कारण हजारौं जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको बीबीसी समाचारमा उल्लेख छ। गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो ।

      अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ । अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन् ।

      अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना व्यक्त गरेको छ र यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ। बीबीसी।

       

        कमेन्टहरु