लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै

    नवलपुर टुडे
    २०८१ जेष्ठ ६ | बिहान १०:०२ बजे

      देउखुरी । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको पाँचौँ बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । बैठकमा लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । मुख्यमन्त्री जोखबहादुर महराले विधेयक टेवुल गर्ने र प्रदेशसभा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभाका प्रवक्ता ईश्वरी आचार्यले बताए ।

      लुम्बिनी मन्त्रिपरिषद् बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा छलफलका लागि पेस गर्ने निर्णय गरिसकेको छ । यसअघि तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सरकारको नेतृत्वमा लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भइसकेको छ ।

      विधेयक ऐनका रूपमा पनि जारी भएको छ ।

       

        कमेन्टहरु