अपराध

    नवलपुरमा लागूऔषधसहित एक जना पक्राउ

    नवलपुर टुडे
    २०८१ जेष्ठ ६ | बिहान ०६:०२ बजे

      नवलपुर, जेठ ६ । नवलपुरमा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यबिन्दु नगरपालिका – १२ भुपू चोकका ३१ वर्षीय अनिल कुमाल रहेका छन् ।

      प्रहरीको गस्ती टोलीले भुपू चोकबाट अरूणखोलातर्फ जाँदै गरेको कुमाल सवार ना ३२ प १५५३ नम्बरको मोटरसाइकललाई संका लागी चेकजाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध नाईट्रोभेट ९ पत्ता (२८५ ट्याबलेट) फेला पारेको थियो ।

      उक्त परिमाणको लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य गरिरहेको नवलपुर प्रहरीले जनाएको छ ।

        कमेन्टहरु