समाज

    चार वर्षीय छोराद्वारा पत्रकार रोहितालाई दागबत्ती

    नवलपुर टुडे
    २०८१ जेष्ठ ५ | मध्यान्ह ०६:०२ बजे

      धनुषा, जेठ ५ । मधेश प्रदेशको राजधानी जनकपुरधामका पत्रकार शिवेन्द्र रोहितालाई उहाँको ४ वर्षीय छोराले दागबत्ती दिएका छन् ।

      रोहिताको सडक दुर्घटनामा मृत्यु भएको थियो । कारले ठक्कर दिँदा जनकपुरको थापाचोकमा उहाँको निधन भएको थियो । जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार आज बिहान बा २१ च ३३४३ नम्बरको कारले रोहिता सवार रहेको प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  

      पत्रकार रोहिता धनुषा जिल्लाको शहिदनगर नगरपालिका ८ निवासी रहनुभएको थियो । ३२ वर्षीय रोहिता राजधानी जनकपुर अनलाइन खबरमा कार्यरत रहनुभएको थियो । प्रहरीले अनुसन्धानको क्रममा चार जनालाई पक्राउ गरेको जनाएको छ ।   

      आज दिउँसो ४ बजे उहाँको अन्तिम संस्कार जनकपुरधामको गङ्गासागरस्थित स्वर्गद्वारमा गरिएको छ । 

        कमेन्टहरु