दुर्घटना

    कारको ठक्करबाट पत्रकारको मृत्यु

    नवलपुर टुडे
    २०८१ जेष्ठ ५ | बिहान ०९:०२ बजे

      जनकपुरधाम । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता छन् ।

      जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

      मोटरसाइकलमा पछाडि बस्ने मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ ।

      मृतक पत्रकार रोहिता धनुषाको शहीदनगर नगरपालिका ८ का बासिन्दा हुन् । कार र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

        कमेन्टहरु