राजनीति

    प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगे कांग्रेस नेताहरू

    नवलपुर टुडे
    २०८१ जेष्ठ ५ | बिहान ०९:०२ बजे

      काठमाडौँ । संसद्मा अवरोध खुलाउने विषयमा छलफलका लागि नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।

      प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि बोलाएपछि उनीहरु बालुवाटार पुगेका हुन् । छलफलमा कांग्रेस सभापति शेर बहादुर देउवा,  उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरू सहभागी छन् । 

      कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

      कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

       

        कमेन्टहरु